साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कबिता : जीवनकला

 –   दयानन्द गोस्वामी

Advertisement

शुन्य बाट हुन्छ श्रृष्टि जीवन कला
अन्त्य पनी सारा कला शुन्यतामा,

Advertisement

प्रत्येक ती क्षणहरु जल बिन्दुमा
पल्लवित गराउँछ सारा अन्तर्मन,

निलमय नभको व्योम क्षितिजमा
दृष्टिगोचर भयो शेष ज्योति प्रभा,

चैतन्यता मा नै छ सर्व व्याप्तता
ब्रम्हत्व नै अवलोकितमय सर्वथा,

विश्वम्भर श्रृष्टि आत्म विश्वास मा
उत्सव हर्षान्वीत अन्त करण मा,

जीवन जगतको अनुपम लीला
ब्रम्हाण्डको लोकातीत परीवेश,

जब आलोकित हुन्छ सारा संसार
अनी दृष्टि हुन्छन स्वयं प्रभा युक्त,

सर्वत्र पाषाणका ढिस्काहरू पनि
प्रेमान्जलीको मृगतृष्णा मा बेकल,

जीवनका प्रत्येक महत्वपूर्ण क्षण
संकीर्णताको आवरणमा छ लुप्त,

विलोचन द्वय जब हुन्छन बन्धीत
सारा ब्रम्हाण्ड नै स्तब्धतामा प्रतीत,

अकर्मण्यताको परत जब लगाइन्छ
हेर्न अधीर हुन्छन् द्वय विलोचनहरु,

चंचल मनका अनन्त आकांक्षाहरु
आलोकित हुन्छन् सारा दिव्यतामा,

शुन्य बाट हुन्छ श्रृष्टि जीवन कला
अन्त्य पनि सारा कला शुन्यतामा।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article