साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता : भोक र उज्यालो

– देवेन्द्रकिशोर ढुंगाना

परिवर्तन भोक हो
मान्छेलाई उज्तालो चाहिन्छ
नव निर्माणका लागि
पुरानो भत्काएर
प्रतिगमन नसल्कियोस
नव अबचेतन भित्र ।
हामीले टेक्दै गरेका पाइलामा
चाल बदलिनु पर्छ
न कि हामी दुर्घटनामा पर्ने
सम्भाबनाहरु टरेका छैनन ।
भोकाएका मनहरु नपाएरै
अन्तर्घात हुन सक्छन
हामी उज्यालोको गौधुलीमा
आशाका लाभा छर्दै
पुरानोमै नव सृजनाका
पालुवाहरु गोडगाड गर्दैछौ ।
अन्ततःस् हामी बिश्वासको
पगडण्डी समातेर
उध्दिग्न मनका सारा
दुस्ख बिसाएर
बिगतका पानालाई फालि दियौ
आउ सबै मिलेर
एउटा नव परिधान हालि दियौ
उज्यालो आत्मसन्तुष्टीको जीत हो ।
भद्रपुर- झापा

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)