हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता : अधिष्ठाता

  •   दयानन्द गोस्वामी

अनुगृहीत भएँ अधिष्ठाता संग
तामिल गर्यौं तिम्रो यो संसार,

Advertisement

प्रबन्धन सारा यो जिन्दगीको
अस्त व्यस्त भयो अन्जानमा,

Advertisement

आबन्टन गरें जब यो मुटुलाई

व्यथा त छँदै नै थियो मनमा,

प्रभाती तुषारका ती थोपाहरू
टिलपिल मोतीका दानाहरूझैँ,

मध्यान्ह सूर्यको प्रचण्ड रापले
विलीन नै भयो सारा अस्तित्व,

कति कठोर अनी निर्मम हृदयरु
नविनतम जिन्दगीको कल्पना,

आशा र बिश्वासको त्यो सपना
पल्लवहरू पनी अंकुरण नभई,

अन्तर्मुखी भै थिच्चिएर धरामा
भ्रुणका सारा उर्जा भए विलिन,

तिब्रता संग तरंगीत भै रहन्छन
मन भित्रको आनन्द सरोवरमा,

क्रमभङ्गित जलधाराका वेगहरू
शुन्य शेषमा परावर्तित हुन्छन्

रापले जब तप्तिन्छन् ती प्रत्यङ्ग
कारुण्यता अनुभूति हुन्छ अपार,

अनुगृहीत भएँ अधिष्ठाता संग
तामिल गर्यौं तिम्रो यो संसार।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)