हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कबिता : बाँच्न देऊ

– दयानन्द गोस्वामी 
आज मनभरी बाँच्न देऊ
भोली बाँच्नु नै नपरोस,
के थाहा ! निदाएछु भने
जागने फुर्सद नै नहोस,
मनभरी हाँस्न देऊ आज
आँखामा नीर रसाई रहोस्,
भोली जती दुख आए पनि
रुने कहिल्यै फुर्सद नै नहोस,
संसार लाई हेर्न सकुँ यति
मुटु भित्र नै कैद भै हालोस,
भोली यी आँखा नै नरहला
या त यो प्रकृति नै नरहोस,
मनका कुरा क्यै भन्न देऊ
पाइन भन्न भन्नु नै नपरोस,
के थाहा ! बिर्सेछु यदि भने
सम्झना रहेन भन्नु नै नपरोस,
आज मनभरी लेख्न देऊ प्रिये!
भोली क्यै लेख्नु नै नपरोस,
के थाहा भोली रहुँ या नरहुँ
पश्चाताप कहिल्यै गर्नु नपरोस,
आज मनभरी बाँच्न देऊ
भोली बाँच्न नै नपरोस,
के थाहा ! निदाएछु भने
जागने फुर्सत नै नहोस।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)