साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कबिता : अवमुल्यन

 

Advertisement

अनन्त रहेछ जीवनको यात्रा
अथाह छ भवसागरको पानी,

Advertisement

बेहिसाब छन मेरा कदमहरु
तन्किंदै बाटो जान्दै नजानी,

समयको चोट समय लाई नै
वाहियात रैछ यो जीन्दगानी,

कटदै नकाटीएका साँझहरु
अनी बिते कसरी ती दिनहरु,

आफ्नो नतिजा आफैं जान्न
कसीमा घसेर स्विकार मान्न,

म त बदरंग भएछु थाहा पाएँ
चर्चा खुब चलेछ गाउँ नगरमा,

यो खबर बनेछ चिया पसलमा
अवमुल्यन भएछु बल्ल जानें,

कस्तो जमाना आएछ साहब!
मण्डीमा नि अब बिक्न छाडें,

रंगी बिरंगी ख्याली संसारमा
सादगीको कुनै पहिचान छैन,

समयको माग समयको साथ
नचल्ने को कुनै खैरात नै हैन,

कति नै धेरै थिए आकांक्षाहरु
सपना सरी अब भयो जवानी,

अनन्त रहेछ जीवनको यात्रा
अथाह छ भवसागरको पानी,

बेहिसाब छन मेरा कदमहरु
तन्किंदै बाटो जान्दै नजानी।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article