धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा हिन्दू संगठनको अभियान सुरु

हल्दिबारी, २८ भदाै । चिनियाँ विस्तारवाद, इस्लामिक अतिवाद को बिरुद्ध एबं संघिय हिन्दू गणतंत्र स्थापनार्थ राष्ट्रीय एकता अभियानले केंद्रीय अध्यक्ष विनय यादवको प्रमुख अतिथ्यमा झापा जिल्ला भेला आज एक बिशेष कार्यक्रम का बीच सम्पन्न गरेको छ।

झापा जिल्लाको विर्तामोड स्थित सम्पन्न भेलाले मनि कुमार राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन भएको छ।नव गठित जिल्ला समितिमा उपाध्यक्ष शिव आचार्य सचिव बिमल कुमार साह, सहसचिव दामोदर आचार्य, कोषाध्यक्ष शम्भुलाल राजवंशी, सदस्य देवेन्द्र ढूंगाना, बिनोद महतो, शिवशंकर शर्मा, याम पराजुली, सौराई मुर्मू, जीवनारायण श्रेष्ठ रहेका छन।

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुले केंद्रीय अध्यक्षको हाथबाट सदस्यता ग्रहण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दे नेपालमा बिदेशीहरुको चलखेलले हिन्दूत्ब खतरामा रहेको कारण हिन्दूहरु आफ्नो राष्ट्रियताको सुरक्षाका खातिर संगठित भएर अगाडी बढनुको बिकल्प छैन भनि जोड दिए ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)