साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गजल : स्व. कमरेड राजेन्द्र प्रति समर्पित,

                                                                  भावपुर्ण श्रद्धान्जली

एउटा असल मान्छे मर्दा मलामीको तॉती रैछ
ईष्ट मित्र छर छिमेकी सबैको नि साथी रैछ

छोटो आयु साथ लिई यो धर्तिमा आयौ राजन
राम्रा मान्छे बस्ने ठाऊ धर्ति हैन माथि रैछ

भगवान को प्यारो हुन राम्रो कर्म गर्नु पर्ने
धनि गरिव बुढा बुढी सबैको नि जाती रैछ

संझना चाहिॅ छोडि गयौ अजम्बरी बनी राजन
असल मित्र गुमाउदा सहन लाई छाती रैछ

एउटा असल मान्छे मर्दा मलामीको ताती रैछ
ईष्ट मित्र छर छिमेकी सबैको नि साथी रैछ।
– कृष्ण जी,

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)