हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गजल : स्व. कमरेड राजेन्द्र प्रति समर्पित,

                                                                  भावपुर्ण श्रद्धान्जली

Advertisement

एउटा असल मान्छे मर्दा मलामीको तॉती रैछ
ईष्ट मित्र छर छिमेकी सबैको नि साथी रैछ

Advertisement

छोटो आयु साथ लिई यो धर्तिमा आयौ राजन
राम्रा मान्छे बस्ने ठाऊ धर्ति हैन माथि रैछ

भगवान को प्यारो हुन राम्रो कर्म गर्नु पर्ने
धनि गरिव बुढा बुढी सबैको नि जाती रैछ

संझना चाहिॅ छोडि गयौ अजम्बरी बनी राजन
असल मित्र गुमाउदा सहन लाई छाती रैछ

एउटा असल मान्छे मर्दा मलामीको ताती रैछ
ईष्ट मित्र छर छिमेकी सबैको नि साथी रैछ।
– कृष्ण जी,

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)