धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

घटस्थापनाको आठौैँ दिन : प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा र बलि चढाउनेको बिहानैदेखि घुइँचो लागेको छ । घटस्थापनाको आठौैँ दिन महाअष्टमीको अवसर पारेर आज बिहानैदेखि बागेश्वरी मन्दिरमा विधिवत् पूजाआजा तथा बलि दिने भक्तजनको भीड लागेको बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार मन्दिरमा पूजाआजाको लागि श्रद्धालु भक्तजन बिहान ३ बजेदेखिनै लाइनमा लाग्ने गरेका छन् । मन्दिरमा बोका, कुखुरा र हाँसको बलि चढाउने गरिएको छ । बलिको लागि दिइने भेटीको रसिद काट्नुपर्ने व्यवस्था मन्दिर व्यवस्थापन समितिले गरेको छ ।

Advertisement

छिमेकी जिल्लालगायत छिमेकी मुलुक भारतबाट पनि बागेश्वरीमा श्रद्धालु भक्तजनहरु आएर पूजापाठ गरी बलि चढाउने चलन रहेको छ । घटस्थापनाकै दिनदेखि नवरात्रिभर बागेश्वरी मन्दिरमा विशेष पूजापाठ गरिन्छ ।

बागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै नवमीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पूरा भएको खुसी मनाउँदै जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने चलन चलिआएको छ ।

भक्तजनलाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article