साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

व्यक्तिगत कुरा–दिनेश बस्नेत

व्यक्तिगत कुरा–दिनेश बस्नेत
हर्के मुग्लानिएकोमा चिन्ता नगर
बिर्खे इराकी जेलमा छ चिन्ता नगर
तिनका लालाबाला अब हाम्रै कार्यकर्ता हुन्
आखिर देशको अर्थतन्त्र
हाम्रो पजेरो र महलको मूल्य
हर्के र बिर्खेले नै त धानेका छन् ।

Advertisement

विमानस्थल र सीमामा लाम लाग्नुपर्छ
को कहाँ जान्छन, कस्ले के गर्छ
त्यो त सब उनीहरुको व्यक्तिगत कुरा हो

Advertisement

कसैको सिउँदो पुछियो
कसैको काख रित्तियो
कसैको अभिभावक गुम्यो
यो सब व्यक्तिगत कुरा हो ।

हामीलाई भेट्दा दाम राख्नुपर्छ
यत्ति हो,
हामीले भनेका बेला काम लाग्नुपर्छ ।

(१४-१५ बर्ष अगाडिको अनुभुती )

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article