खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विश्वकपः घरेलु टोली अष्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

न्युजिल्यान्डले आइसिसी टी-२० विश्वकपमा साविक विजेता अष्ट्रेलियामाथि ८९ रनको सानदार जित निकालेको छ। घरेलु टोलीमाथि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूआत गरेको हो। जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.१ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो।

Advertisement

उसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाए। यस्तै प्याट कमिन्सले २१ रन बनाउँदा मिचेल मार्सले १६ तथा आप्तान आरोन फिन्चले १३ रन बनाए। टीम डेभिडले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Advertisement

न्युजिल्यान्डका टिम साउथीले २.१ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए। यस्तै मिचेल सान्टनारले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिँदा ट्रेन्ट बोल्टले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। लोकी फर्गुसन र ईश सोधीले एक/एक विकेट हात पारे।

त्यसअघि सिड्नीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। न्युजिल्यान्डका ओपनर डेभन कन्वेले ९२ रनको अभिजित इनिङ खेले। ५८ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article