धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएकोे छ । जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ ।

Advertisement

विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article