कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रदीप खड्काको ‘प्रेमगीत ३’ ले कमायो ३९ करोड, मनायो सफलताको पार्टी

फिल्म प्रेमगीत ३ ले सफलताको पार्टी मनाएको छ। आइतबार बुढानिलकण्ठस्थित बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरूसँग देउसी – भैलो खेल्दै निर्माण टिमले सफलता पार्टी मनाएको हो । निर्माण टिमले जीर्ण अवस्थामा रहेको बालगृहलाई रंगरोगन गर्नुको साथै उक्त बालगृहलाई ९० हजार रूपैयाँ सहयोग गरेका छन्।यो फिल्मले हालसम्म विश्वव्यापी रूपमा ३९ करोड कमाएको शुक्रबारदेखि फिल्म हलबाट उत्रिएको छ। फिल्मले विश्वव्यापी रूपमा ३९ करोड कमाएको छ भने नेपालबाट ८ करोड ५ लाख कमाएको हो ।यो नेपाली र हिन्दी दुवै संस्करणको कमाइ हो।

Advertisement

सन्तोस सेनले निर्माण तर्था निर्देशन गरेका हुन् । यो फिल्म पाकिस्तानमा उर्दू भाषामा प्रदर्शन हुने तयारीमा छ। पाकिस्तानमा उर्दू भाषाका फिल्मको राम्रो क्रेज भएको हुँदा फिल्मले विश्वव्यापी रूपमा ५० करोड कमाउने निर्माण टिमको आशा छ। फिल्मलाई फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्। प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article