हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दक्षिण कोरियामा ४३ हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टा अर्थात् बिहीबार मध्यरातसम्म ४३ हजार चार सय ४९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

Advertisement

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ सय ९६ बाट कम भएर ४३ हजार चार सय ४९ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ ।

Advertisement

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १४ ले बढेर ३०४ पुगेको छ । यस सङ्क्रमणको कारण थप ५३ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार तीन सय १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)