हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता : मेरो मत

नत मेरो मत बजारमा छ
नत मेरो मत हजारमा छ
सधैं जस्तो छैन है मेरो मत
यसपालि मेरो मत मेरै नजरमा छ।

Advertisement

मेरो मतले धेरै राइसिङ पुलहरु बनाउनुछ
मेरो मतले धेरै पाटापुरका बाटाहरु खनाउनुछ
गाउँका बाटाघाटा कल्भट त्यति मात्रै पनि होइन
अझै राम्रो अस्पताल स्कुल कलेज पनि बनाउनुछ।

Advertisement

मेरो मतले नगरमा रिङ्ग रोड बनाउनुछ
सिंचाइको लागि कुलो खनाउनुछ
बाहुन्डागीको हात्ती आतंक रोक्नु पर्नेछ
गाउँ गाउँका बाटाघाटा थुप्रै बनाउनुछ।

मेरो मतले काकरभिट्टालाई पर्यटन नगरी बनाउनुछ
मेरो मतले जङे पिलरको आवाज बोल्नुछ
मेरो मतले चारजात छत्तीस वर्णकै फूलको माला उन्न
फूलबारीमा रङ्गिबिरङिग ढकमक्क फूल फुलाउनुछ।

मेरो मतले किसानलाई धनी बनाउनुछ
बेरोजगारलाई रोजगार स्वरोजगार बनाउनुछ
मेरो मतले मजदुरलाई उचित ज्याला नै दिलाइ
गाउँ शहरको सारा विकास गरेर समृद्धि ल्याउनुछ।

मेरो मतले सियो धागो झैँ सबै फूलको एउटै माला उन्नुछ
मेरो मतले नाङ्गो शरीर ढाक्ने न्यानो कपडा बुन्नुछ
त्यसैले मेरो मत लिलाममा छैन है यसपालि बजारमा
गरिबको भोको पेट भर्न धर्ती पुत्र विश्वप्रकाश शर्मा, गोपाल तामाङ र श्यामबीर लिम्बुलाई नै अमूल्य मत दिएर चुन्नुछ।

रचनाकार
राज कुमार कार्की
मे.न.पा- १५, झापा ।
धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)