स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चीनमा दैनिक रुपमा कोरोनाभाइरसका संक्रमितको संख्या बढ्दै

कोरोनाभाइरसको नियन्त्रणमा सख्त कदम अपनाएको चीनमा पछिल्लो समय दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएको छ । बेइजिङ र ग्वानझाओजस्ता सहरहरुमा कोरोना संक्रमण बढ्दो देखिएको हो । बुधबार मात्र चीनमा ३१ हजार ५३७ जना नयाँ संक्रमित फेला परेका छन् । गत अप्रिलमा एकैदिन सबैभन्दा बढी २८ हजारमा संक्रमित फेला परेका थिए । त्यतिबेला सांघाई सहरलाई लकडाउन गरिएको थियो ।

Advertisement

चीनको जिरो कोभिड नीतिले देशमा हजारौँको ज्यान जोगाएपनि पछिल्लो समय चीनमा यस नीतिको विरोध भइरहेको छ । विरोधपछि चीनले आफ्ना कडा नीति केही खुकुलो बनाएको थियो । जसले गर्दा अहिले चीनमा पनि संक्रमितको संख्या बढ्न थालेको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article