राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन दोस्रो पटक निर्वाचित

हल्दिवारी  : राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन्। जितसँगै उनी दोस्रो पटक सांसद बनेका छन्।

Advertisement

एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङदेनले  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन्।

Advertisement

लिङदेनले ४० हजार ६४८ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन्।  यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article