अर्थ
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

१३ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

 नेपाल राष्ट्र बैंकले मंसिर २७ गते १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।

आगामी मंगलबार जारी हुने ट्रेजरीको भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि राष्ट्र बैंकले मंसिर १९ गते ९ अर्ब ९३ करोड रूपैयाँको ट्रेजरी जारी गरेको थियो ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)