स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

देशभर चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह

देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो । अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।

Advertisement

 

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article