खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विश्वकपको उपाधिका लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दै, खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ

काठमाडौं – विश्वकप फुटबलको फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ भउका छन् । अस्वस्थ हुनेमा डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे रहेका छन् ।

Advertisement

कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिकालागि भोलि फ्रान्स र अर्जेन्टिना भिड्नै लागेका बेला फ्रान्सका लागि यो दुखदायी रहेको छ । उनीहरुले फाइनल खेल्ने या नखेल्ने निर्णय भैसकेको छैन ।

Advertisement

फाइनल खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार भोलि राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो ।

कतारमा चलिरहेको विश्वकपको विजेताले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ३० मिलियन डलर, तेस्रो हुनेले २७ मिलियन र चौथो हुने टोलीले २५ मिलियन डलर पुरस्कार प्राप्त गर्नेछ । आज राति पौने ९ बजे तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दैछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article