साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता : घर जुवाइँ पोइल गयो

अच्मै भो जे जे नहुनु नै पर्थियो त्यो आज भयो
घर जुवाइँ नै पोइल जादा अचम्मै पो भयो !

गर्नु गर्‍यो नि है सत्रले नै सत्र हजारले त कुर्सी पायो
ओरालो लागेका सत्र पटके वनबास जादा भयो !!

झुठो फलादेस गर्ने जोतिषीलाई कालो मोसो दल्दा भयो
कतै अलिकति नैतिकताछ भने नैतिकता देखाउदा भयो !!!

राजनीतिमा दुरदर्शिता रहेनछ भने राजिनामा दिदा भयो
सबै कुरा सिक्नलाई  अक्पोड विश्वविद्यालय जादा भयो !!!!

एक सय अठतीस रनको लक्ष पछ्याउँदै पछ्याउँदै अगाडि गयो
सम्पुर्ण विकेट गुमाउदै केवल उनान्नब्बे रनमै अल आउट भयो !!!!!
धन्यवाद ।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)