स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबाट हात्ती पाइलेको औसधि सेवन

  हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हात्ती पाइले रोग विरुद्ध आम औषधि सेवन अभियानको गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन र प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले सयुक्त रूपमा औषधि सेवन गरेर शुरु गर्नु भएको छ ।

Advertisement

Advertisement

हल्दिवारी गाउँपालिका प्राङ्गणमा अध्यक्ष लगायत कर्मचारीहरुबाट औसधि सेवन गरि अभियानको शुरूवात गरिएको हो । यहि माघ २५ देखि प्रत्येक वडामा एकहप्ता सम्म संचालन हुने औषधि सेवन अभियानलाई सफल पार्न सबैलाई गाउँपालिकाले आह्वान गरेको छ ।

हल्दिवारि गाउँपालिकामा रहेका ६४४० घरधुरीको ३० हजार भन्दा बढीलाई औसधि खुवाउने लक्ष्य रहेको स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article