स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा हात्ती पाइले रोग विरुद्धको औषधि ३० हजार भन्दा बढीलाई खुवाउने

हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हात्ती पाइले रोग विरुद्ध आम औषधि सेवन अभियानको उदघाट्न भएको छ । गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन र प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले सयुक्त रूपमा औषधि सेवन गरेर उदघाटन गर्नु भएको छ ।

Advertisement

Advertisement

आज देखि वडा वडा मा पनि औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ ।वडा नम्बर ३ को ढडुवा चोकमा वडा नम्बर ३ महिला वडा सदस्य मात्रीका भट्टराई ले उदघाटन गर्नु भएको थियो भने ४ नम्बर वडा मा वडा सदस्य महेश मेचेले उदाघाट्न गर्नु भएको हो।

हल्दिवारी गाउँपालिका प्राङ्गणमा अध्यक्ष लगायत कर्मचारीहरुबाट औसधि सेवन गरि अभियानको शुरूवात गरिएको थियो ।

यहि माघ २५ देखि एकहप्ता सम्म संचालन हुने औषधि सेवन अभियानलाई सफल पार्न सबैलाई गाउँपालिकाले आह्वान गरेको छ ।हल्दिवारि गाउँपालिकामा रहेका ६४४० घरधुरीको ३० हजार भन्दा बढीलाई औसधि खुवाउने लक्ष्य रहेको स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article