कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘पठान’ को अपार सफलतापछि शाहरूख खानले गरे ‘पठान २’ निर्माणको घोषणा

एजेन्सी -‘पठान’ को सफलतापछि शाहरूख खानले ‘पठान २’ निर्माणको घोषणा गरेका छन् । फिल्मको सफलतालाई मध्यनजर गर्दै मबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा शाहरूखले ‘पठान २’ को घोषणा गरेका हुन् । उक्त सम्मेलनमा शाहरूख, दीपिका, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द उपस्थित थिए। यो पठानको पहिलो पत्रकार सम्मेलन हो।

Advertisement

शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताए। बलिउड अभिनेता शाहरूख खानको फिल्म पठानले ६ दिनमा ६ सय करोड भन्दा बढी कमाइ गरेको छ । ठानको विश्वव्यापी कूल संकलन मात्र ६ दिनमा ६०० करोड पार गर्नु पठानका लागि ठूलो सफलता भएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

Advertisement

पठानले आइतबार भारतमा ६०.७५ करोड कमाएको थियो । यो कमाइमा पठानको हिन्दी कलेक्सन ५८.५ करोड थियो । छेठौं दिन पठानको कमाइ २५ करोड हाराहारी भएको छ।

यो सँगै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको बताइएका छ ।सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article