हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीमा नेपाल शिक्षक संघको स्वागत कार्यक्रम

 नेपाल शिक्षक संघ हल्दिवारी नेपाल शिक्षक संघ हल्दिवारी गाउसमितिले नयाँ शिक्षकहरुलाई आज स्वागत गरेको छ। हल्दिवारी गाउँ पालिकामा रहेका विभिन्न विद्यालयमा आएका नव आगन्तुक शिक्षकहरुलाई भेलागुढी सामुदायिक बनमा आयोजना गरिएको बनभोज तथा स्वागत कार्यक्रममा स्वागत गरिएको हो ।

Advertisement

नेपाल शिक्षक संघ झापाका सभापति नेत्र खरेलको प्रमुख आतिथ्य तथा हल्दिवारी अध्यक्ष कृष्ण बनको सभापतित्वमा भएको कार्यक्रममा २५ भन्दा बढी नया शिक्षकहरुलाइ स्वागत गरिएको छ। स्वागत कार्यक्रममा प्रमुख अतिथी नेत्र खरेल ,नेका हल्दिवारी सभापति दिलिप माओ ,वडा अध्यक्ष होम प्रसाद चुडाल शिक्षक हरु बडाराम हेमरम ,बैजनाथ मेहता ,तेज प्रसाद चम्लागाई ,तोया दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

Advertisement

जनजागृती माविकि प्र अ इन्दिरा चुलालले स्वागत गरेको कार्यक्रमको सहजीकरण बोधकृष्ण पौडेलले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)