हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी माविको ४७ औं बार्शिकौत्सव सम्पन्न : शिक्षक ,कर्मचारी र अभिभावक सम्मानित

हल्दिवारी माध्यमिक बिधालयको ४७ औं बार्षिकौत्सव संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

Advertisement

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र योङहाङ्को सभापतित्वमा भएको उक्त बार्षिकौत्सव कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देन ,उपाध्यक्ष डम्बरबहादुर गिरि विशिष्ट अतिथि रहनु भएको थियोे । २०२९ सालदेखि संचालन भएको हल्दिवारी माविलाई पुर्ण निशुल्क गरिएको छ।

नमुना बिधालयको रूपमा संचालन भएको हल्दिवारी माविमा हाल ४४ शिक्षक ,कर्मचारी तथा १ हजार ५० विद्यार्थी रहेका छ्न । विद्यालयका प्र अ टंक प्रसाद प्राखृनले प्रस्तुत गरेको प्रतिबेदनमा चालू आर्थिक बर्षमा ३ करोड ८५ लाख बराबरको आयव्यय प्रस्तुत गरिएको छ।

बार्सिकौत्सवकै अबसरमा बिधालयका ४ जना शिक्षण तथा १ जना कर्मचारीलाई नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ ।सम्मानित हुनुहुनेमा खेमराज ढुङेल ,भवानी भट्टराई ,बिजय कुमार बस्नेत ,याम कुमारी श्रेष्ठ तथा कर्मचारी शान्ति राम राई छ्न । त्यस्तै अभिभावकहरु भजन सङ्गौला तथा पार्वता पाण्डे लाई समेत असल अभिभावकको रूपमा सम्मानित गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्णसिंह राजवन्सी ,गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देन ,उपाध्यक्ष डम्बर बहादुर गिरि ,बिधालयका सस्थापक प्र अ नरेन्द्र कुमार कार्की ,व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र योङहाङ ,विद्यालयका प्र अ टंक प्रसाद प्राखृन लगायतले मन्तव्य राख्नु भएको थियोे ।

विविध सास्कृतिक कार्यक्रम सहित गरिएको बार्षिकौत्सव कार्यक्रममा स्वागत मन्तव्य शिक्षक मित्र बहादुर बस्नेतले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण सहायक प्र अ तुलसी प्रसाद कोइरालाले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)