हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

करिश्मा पुगिन् साइबर ब्यूरो डिल्लीरामलाई कारवाहीकाे माग

काठमाडौँ । पछिल्ला दिनमा नायिका करिश्मा मानन्धर आफ्नो विबादित अभिव्यक्तिका कारण मिडियामा छाइरहेकी छिन् । तर यतिबेला भने उनले कलकार डिल्लिराम खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आफ्नो जोडेर भ्रमपूर्ण हल्ला फैलाएको आरोप लगाउँदै उनी साइबर ब्यूरोमा निवेदन दिन पुगेकी छिन् ।

Advertisement

फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले रवि लामिछानेसँग अमेरिकामा ‘लिभिङ टूगेदर’मा बसेको भन्दै आधारहिन बयान दिएपछि नायिका मानन्धर साइबर ब्यूरोको सहयोग लिन पुगेकी हुन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी धेरै सहेँ ।

Advertisement

कलाकार भएपनि सामाजिक व्यक्ति भएका कारण पनि सहनुपर्छ भनेर चुप लागेर बसे तर रविजीसँगको लिभिङ रिलिेसनसिप भनेर हल्ला नै फैलाएका डिल्लीरामविरुद्ध चुप लागेर बस्न नसकेपछि मैले प्रहरी गुहार्न बाध्य भएकी छु् ।

साइबर व्यूरोपछि अदालत पनि जाने बताएकी नायिका करिश्माले लेखेको स्टाटस यस्तो छ –‘उहाँ को हो, यो अत्ति भयो । भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भनेर सहे । हिजो साइबर ब्यूरोमा निवेदन हालेकी छु ।

हेरौं, नेपालको कानुन कत्तिको बलियो छ । प्रेम दाई भन्नुहोस्, म कसरी बसेको थिएँ । लिभिङ टूगेदर रु म हिन्दु हुँ । यो बिचारलाई नै विश्वास न गर्ने व्यक्ति हुँ । यो अत्ती भयो । म मेरो संसारमा खुशी छु ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)