समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

फागुन ५ र १५ गते बिप्लव नेतृत्वकाे नेकपाले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताए ।

‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्दछौं,’ उनले भने । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय पनि सावर्जनिक गरेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)