धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी ३ स्थित शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा साप्ताहिक महायज्ञ

हल्दिबारी । झापाको हल्दिबारी–३ स्थित देउनीया नदी किनारमा रहेको शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरको भवन पूर्ण गर्न तथा सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले साप्ताहिक महायज्ञ आयोजना हुने भएको छ ।

Advertisement

शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिर परिसर भित्र निमार्णधिन सत्सङ्ग भवनलाई पूर्ण गर्न साथै सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले सद्गुरु जगत जननी शिवशक्ति स्वरूप माता कल्याणीको आगमन हुने भएको हो । माताको समुपस्थितिमा श्रीमद्नारद महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ।

Advertisement

फाल्गुण १ देखि ७ गतेसम्म सञ्चालन हुने महापुराणमा पं. घनश्याम ढकाल बाट पाठ पारायण तथा धर्म संस्कृति दर्शन व्याख्याता धर्माचार्य कृष्णप्रसाद गुरागाँईबाट संगितमय कथा प्रवचन जगत जननी माता कल्याणीका मुखार विन्दबाट आशिबचन हुने बताइएको छ । कथा, झाँकी प्रर्दशन तथा संगीतमय कार्यक्रममा उपस्थित हुन सम्पूर्ण भक्तजनहरुलाई आयोजक समितिले अनुरोध समेत गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article