हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

टर्कीमा आएको भूकम्पका कारण २६३ बालबालिकाले अहिलेसम्म आफ्ना अभिभावक भेटाएनन्

काठमाडौँ । टर्कीमा आएको भूकम्पका कारण २६३ बालबालिकाले अहिलेसम्म आफ्ना अभिभावक भेटाउन नसकेको रिपोर्ट सार्बजनिक भएको छ । टर्कीको परिवार र सामाजिक सेवा मन्त्रालयका अनुसार अहिलेसम्म २६३ बालबालिकाका अभिभावक नभेटिएको जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार अहिलेसम्म १६२ बालबालिकाको अस्पतालमा उपचार भइरहेको र १०१ बालबालिकालाई मन्त्रालयकै अर्को युनिटमा राखेर सरकारले नै रेखदेख गरिरहेको छ । अहिलेसम्म उद्धारका क्रममा भेटिएका १८ बालबालिकालाई मात्र उनीहरुका परिवारलाई हस्तान्तरण गरिएको मन्त्रालयले बताएको छ ।

Advertisement

भूकम्पले घर भत्काएपछि भग्नावशेषमा पुरिएर कैयौं बालबालिका अभिभावकविहिन भएको बताइएको छ । अहिलेसम्म टर्की र सिरियामा २१ हजारभन्दा बढीको भूकम्पका कारण ज्यान गएको छ भने यस भूकम्पमा ७८ हजारभन्दा बढी घाइते भएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)