हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एक्सेल डेभलपमेन्ट बैंक लि. हल्दिवारी गा.पा., गोलधाप शाखाको आयोजनामा वित्तीय साक्षरता एवं विद्युतीय भुक्तानी र डिजिटल बैंकिङ सचेतना कार्यक्रम सम्पन्न

हल्दिवारी,२७ माघ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हल्दिवारी गाउँपालिका अंतरगत गोलधाप शाखाको आयोजनामा वित्तीय साक्षरता एवं विद्युतीय भुक्तानी प्रवर्द्धन अभियान कार्यक्रम साथै डिजिटल बैंकिङ सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

हल्दिवारी २ का वडा अध्यक्ष शुकलाल राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थित रहेको थियोे ।

Advertisement

उक्त सचेतता कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंक लि. का बिजनेश प्रमुख शिव कुमार गिरीले वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण तालिम प्रस्तुत गर्नु भएको थियो भने बैंककाठ सूचना प्रविधि प्रमुख समीर न्यौपानेले बैंकिङ क्षेत्रमा प्रयोग भइरहेका डिजिटल बैंकिङ , तिनका फाइदाहरू तथा तिनको प्रयोगमा अपनाउनु पर्ने सजगतालाइ विस्तृत रूपमा प्रस्तृत गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा वडा अध्यक्ष राजबंशी, पुर्व बैंकर होम कार्की लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।

बैंकका मार्केटिंग अफिसर श्री गजेन्द्र ढकालले सहजीकरण गरेको उक्त सचेतता कार्यक्रममा ८० जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)