हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिर्तामाेडमा हात्तीका लागि थापेको विद्युतीय धरापमा परी एक जनाको मृत्यु

बिर्मातामाेड । बिर्तामाेडमा हात्ती रोकथामका लागि घरमा थापेको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ । बिजुलीको करेन्ट लागेर मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ७ स्थित बाह्रघरे निवासी ४९ वर्षीय खेम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले जंगली हात्तीबाट जोगिन घर वरिपरी बिजुलीको करेन्ट लगाएका थिए ।

Advertisement

शुक्रबार राती पिसाब गर्न घर बाहिँर निस्किँदा उनी त्यही विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका थिए । घाइते भएका उनलाई अस्पताल ल्याउन साथ मृत्यु भएको थियो । हात्ती प्रभावित क्षेत्रका मानिसहरुले आफू र अन्नबाली जोगाउन विद्युतीय धराप थापेर जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)