हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अधुराे सामुदायिक भवनकाे बजेट काटेर शालिक निर्माणमा लाग्याे हल्दिबारी गाउँपालिका

 

Advertisement

हल्दिबारी । झापाको हल्दीबारी गाउँपालिकामा अहिले राप्रपाको बहुमत रहेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम बजेटमा स्वर्गद्वारी मन्दिरको अधुरो सामुदायिक भवन निमार्णमा लागि पाँच लाख बजेट बिनियोजन गरेको थियो ।

Advertisement

त्यसलाई हल्दीबारी गाउँपालिकाको बाहौं सभाबाट स्वीकृति समेत भएको थियो। ‘त्यसै बिचमा प्रदेश सभा र संघिय संसदको चुनाब आएको हुनाले भोट तान्नका लागि बजेटको आस देखिएर अध्यक्ष रबिन्द्र लिङ्देनले दाजु राजेन्द्र लिङ्देनको लागि बजेट देखाएर भोट लिएको र दाजुले जितेर गएपछि तेह्रौं गाउँसभाबाट कार्यक्रम संम्सोधन तथा रकमान्तर गर्दै बजेट काटिएको हो।’ नाम नखुलाउने शर्तमा एक मन्दिर सञ्चालन समितिका सदस्यले बताए ।

जलथलको ठूलो धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा बिकास गरिदै लगिएको स्वर्गद्वारी शिव पञ्चायन मन्दिरमा ठूलो संख्यामा आस्था र बिस्वास रहेको छ। त्यति मात्र गरेन हल्दिबारी राप्रपा बहुमतको राजनीतिले बार्हौ गाउँ सभामा समाबेशनै नभएको किराँत धर्मगुरू फाल्गुनन्द लिङ्देनको शालिक बनाउनका लागि तीन लाख पचास हजार बजेट नै छुट्याइएको छ।


चुनाबको बेला ठूला–ठूला स्वरमा हिन्दु धर्म र हिन्दु राष्ट्रको चर्का कुरा गर्ने राप्रपाले हिन्दु धर्मको नाममा भोट बटुल्ने र किराँत धर्मका धर्मगुरू लिङ्देनको शालिक निमार्णले प्रष्ट पारेको छ। अधुरो सामुदायिक भवन निमार्ण पूरा गर्न छुट्टयाइएको बजेट भोट पाएपछि काटिदिने अनि शालिक बनाउन बजेट दिने नीति देखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)