हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सेना दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

काठमाडौं, २८ माघ । सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित ‘काेउस अाेपन म्याराथुन तथा रन फर फन २०७०’ सम्पन्न भएकाे छ। सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन । साे खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा अायाेजना गरिदै आएको छ ।

Advertisement

प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर, पेप्सीकोला, गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन भएकाे थियाे ।

Advertisement

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिएकाे छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् । तस्विरः नेपाली सेना


Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)