हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इटहरीबाट मिस नेपाल 2023 को अडिसन सुरु

इटहरी, २८ माघ । मिस नेपाल–२०२३ को अडिसनको सुनसरीको इटहरीबाट सुरु भएको छ ।

Advertisement

दि हिडन ट्रेजरका अनुसार २८माघबाट इटहरीवाट अडिसन सुरु भएको हो । इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको उक्त ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए ।

Advertisement

यसअघिको संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन हिडन ट्रेजरले क्षेत्रीय अडिसनको पनि थालनी सुरु गरेको हो । मिस नेपाल–२०२३ को फाइनल भने आगामी १३ जेठमा ललितपुरको गोदावरीमा हुनेछ । जसले मिस नेपाल २०२३ उपाधी घोषणा गरिनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)