हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रेडक्रसलाई विपदको साथीका रुपमा लिएका छौं : मुख्यमन्त्री कार्की

झापा, २८ माघ । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउने आफू लागिपरेको बताउनुभएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९ औं जिल्ला सभा अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताउनुभयो ।

Advertisement


“प्रदेश सरकारलाई मितव्ययी, सुशासन, विकासमुखी बनाउन लागि परेका छौं”, उहाँले भन्नुभयो, “मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौ वटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।” प्रदेश सरकार सञ्चालनका लागि सात वटा भन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाई छ । प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो । प्रदेश सरकारको संचरना बनाउने काम समेत बाँकी रहेकाले संरचना बनाउने काम पनि अघि बढाइएको उहाँले बताउनुभयो ।


मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकारण हुने बताउनुभयो । “पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन”, उहाँले भन्नुभयो, “प्रदेशको नामाकरण हुननसक्दा म लज्जाबोध भइरहेको छ ।” प्रदेशको नामाकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो ।

सबैले विपदको साथीका रुपमा रेडक्रसलाई लिएको बताउँदै मन्त्री कार्कीले प्रदेश सरकार रेडक्रससँग सहकार्य गर्न सदैव तयार रहेको मन्त्री कार्कीले बताउनुभयो । “ठोस कार्ययोजना लिएर आउनुहोस्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले गर्न सक्ने जति सहयोग गर्नेछ ।”

कुनै पनि संघसंस्थालाई लोकतान्त्रिक विधि र पद्धतिमा चलाउन विधान र कानून आवश्यक भएकाले रेडक्रस सञ्चालनका लागि समेत कानून बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला सभा अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व समेत चयन गर्ने भएकाले सर्वसम्मत ढंगबाट नेतृत्व चयन उहाँले आग्रह समेत गर्नुभयो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)