हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आज परेको उवुरी तेस्रोपटक परेको उजुरी हो । रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै आइतबार युवराज सफल पौडेलले तेस्रोपटक निवेदन दिएका हुन् ।

Advertisement

लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग गरेको पौडेलले बताएका हुन् ।

Advertisement

निवेदनमा भनिएको छ ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९५० को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं। ९२० को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ।यो अवस्थामा पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)