हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेकपा (माओवादीकेन्द्र) ले मनायो पेरिसडाँडामा जनयुद्ध दिवस

काठमाडौं, १ फागुन नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ ।

Advertisement

पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो ।

Advertisement

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यापर्ण गरेका थिए भने सहिद स्तम्भम शिर झुकाएर अभिबादन गरेका थिए ।  सो कार्यक्रमा माओवादीका उच्च नेताहरुको पनि उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)