हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दुर्गा प्रसाईंको महाअभियानमा पूर्व राज परिवार

हल्दिबारी, १ फाल्गुण । व्यवसायी दुर्गा प्रसाईंले  ‘नागरिक बचाउ महाअभियान’ कार्यक्रमकाे थालनी गरेका छन् । पूर्व राजा शाह कार्यक्रम स्थल पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए । पूर्व राजा शाह आउने प्रचार गरिएपछि कार्यक्रम स्थलमा ठुलो भीड लागेको थियो ।

Advertisement

सर्वसाधारणको बाक्लो उपस्थिति रहेको उद्घाटन समारोहमा पूर्वराजा ज्ञानेन्द्र, उनका छोरा पूर्व युवराज पारस शाह तथा पूर्व अधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थियाे ।

Advertisement

कार्यक्रममा राजपरिवार सँगै अभियानका संयोजक प्रसाईँ पनि लहरै बसेका  देख्न सकिन्थ्याे । मेचीपछि महाकाली तथा काठमाडौंमा दीप बालेर महाअभियान अघि बढाउने प्रसाईंको तयारी छ । केही दिनअघि उनले काठमाडौंमा महाअभियानको कार्यालय उद्घाटन गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)