हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अध्यक्ष भण्डारीले गरामनीका राजबंशीको घर निर्माणमा सहयोग गर्दै मनाए जन्मदिन

झापा । युवा नागरिक समाजका अध्यक्ष केशब भण्डारीले स्व. उजारु राजबंशीको घर निर्माणका लागि सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका छन् ।

Advertisement

बिर्तामोड ९ स्थित राजबंशीको आभास निर्माणका लागि ११ हजार आर्थिक सहयोग गर्दै नागरिक समाज असाहाय ,दुखीहरुको सेवामा निरन्तर कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरे ।
स्व.राजबंशीको केही महिना अघि निधन भएको थियो ।

Advertisement

उनले दुर्गा माध्यमिक बिद्यालयलाई १ बिगाहा जग्गा दिएका थिए । तर उनै राजबंशी अहिले आफू बस्ने घर समेत नभएकाले स्थानीयहरुको पहलमा घर निर्माण कार्य भईरहेको छ ।यस्तै युवा नागरिक समाजका भद्रपुर सल्लाहकार सन्जय भुईमालीले नागरिकले बाच्न पाउने अधिकारको रक्षा गर्दै ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

समाजका सचिब निराजन ओलिले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष देव संग्रौला ,घर निर्माण समितीका सदस्य सरोज पौडेल ,इन्द्रसिंह राजबंशीले शुभकामना राखेका थिए ।कार्यक्रममा समाजका बिर्तामोड नगर कमिटी अध्यक्ष पुस्पराज प्रसाईं ,निचाझोडा सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेल लगायतको उपस्तिथि रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)