समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

घुससहित वडा सदस्य र इन्जिनियर पक्राउ

Advertisement

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का वडा सदस्य र इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा सदस्य कृष्णबहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारी छन् ।

Advertisement

निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिँदा लिँदै आयोगको पोखराबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अनुसन्धान अघि बढाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article