कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नायक पल शाह रिहा, उनको स्वागतमा ठूलो संख्यामा सर्मथकको भिड

नायक पल शाह रिहा भएका छन् । उनी रिहा भएपछि पलको स्वागतमा दमौलीमा उनका सर्मथकको भीड लागेको छ । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।

Advertisement

आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए । रिहा भएलगत्तै उनी आज नै काठमाडौ आउने बताइएको छ ।

Advertisement

नाबालिग ब लात्का र आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौ न दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल आज ठीक एक वर्ष पछि सफाइ पाएका हुन् । तस्बिर स् हेमराज थापाको फेसबुकबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article