हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

होलीफिल्ड इङलिस स्कुलले गर्याे एक दिवसीय निशुल्क स्वास्थ्य शिविर तथा बिज्ञान–कला प्रदर्सनी

बनियानी, २० फाल्गुन । होलीफिल्ड इङलिस स्कुलको आयोजनामा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर तथा बिज्ञान तथा कला प्रदर्सनी सम्पन्न भएको छ।

Advertisement

शिक्षा ,स्वास्थ्य ,संस्कार : समृद्ध समाजको पहिलो आधार विद्यालयको नारा रहेको होलीफिल्डले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भुमि प्रसाद राजवंशी तथा कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

Advertisement


ओम साई अस्पतालका विशेषज्ञ डाक्टरहरुको टोलिले उक्त शिविरमा ३५० जनलाई निशुल्क चेकजाँच तथा औषधि बितरण गरेको विद्यालयका अध्यक्ष शुक्रराज लिम्बू किरणले बताउनु भयो ।

प्रत्येक बर्ष सामाजिक गतिविधि गर्दै आएको होलिफिल्डले शिक्षा ,स्वास्थ र संस्कारलाई महत्त्वका साथ अगाडि बडाउदै दक्षिण झापाका अति बिपन्न समुदाय भएको ठाउँमा निशुल्क स्वास्थ शिविर संचालन गरेर उदारणिय काम गरेको छ ।


स्वास्थ शिविरका साथै बिज्ञान तथा कला प्रदर्सनको आयोजना गरेको उक्त प्रदर्सनीमा आयोजक होलिफिल्ड इङलिस स्कुल ,जनता मावि ,मोती मावि ,विद्या निकेतन ,कचनकवल विद्या मन्दिर ,स्वर्णिम शिक्षा सदन लगायत विद्यालयका विद्यार्थीले प्रदर्सनीमा भाग लिएका थिए ।

विद्यालयका अध्यक्ष शुक्रराज लिम्बुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत पृन्सिपल शिलास लिम्बूले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण विद्यालयका निर्देशक दिपेन लिम्बुले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)