हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा परिचय स्मारिकाकाे सभामुख घिमिरे द्वारा विमोचन

बिर्तामाेड , फागुन २१ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा परिचय स्मारिकाको आज बिर्तामोडमा विमोचन गरेका छन् । हिन फाउन्डेशनले प्रकाशन गरेको झापा परिचय स्मारिकाको आज बिर्तामोडमा विमोचन गर्दै सभामुख घिमिरेले स्मारिकाले झापा लाई समेटेको बताए ।

Advertisement

हिन फाउन्डेशनका अध्यक्ष पुष्प पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी , बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलगायतको आतिथ्य रहेको थियो ।

Advertisement

स्मारिका विमोचन गर्दै उनले ५० वर्षअघि आजकै दिन फागुन २१ ग्ते इलामको सुखानीमा मारिएका पाँच शहीदलाई संझना गर्दै निरंकुशता अन्त्य गरी प्रजातन्त्र ल्याउन बलिदानी दिने शहीदहरुलाई कहिल्यै बिर्सन नहुने धारणा राखे । स्मारिकामा जिल्लाका १५ वटै पालिकाको परिचयसहित जानकारी समेटिएको छ ।

जसको सम्पादन मण्डलमा देवराज कार्की र रामचन्द्र मैनाली रहेका छन् भने सहयोगीमा मधुर सिटौला , लक्ष्मण पाठक ,भक्तिप्रसाद घिमिरे, डम्बर बस्नेत ,विनिता बिमली ,कविता ओली , इन्द्रसिंह राजवंशी र यज्ञ धमला रहेका छन् । कम्प्युटर डिजाइन लक्ष्य राजवंशीले गरेका छन् । संचारकर्मी सरोज पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत कविता ओलीले गरेकी थिइन् ।

भिडियाे हेर्नुहाेस

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)