राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै रिट दर्ता भएको छ।बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

Advertisement

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीतिगत निर्णय भन्दै उनीहरूविरुद्ध भने मुद्दा दायर गरेको थिएन।अख्तियारले कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिनु गैरकानुनी हुने सर्वोच्चमा रिटमा दाबी गरिएको छ।

Advertisement

सरकारी जग्गा व्यक्तिको नाममा बनाउने निर्णय नीतिगत हुन नसक्ने जिकिर गर्दै उनीहरुमाथि मुद्दा दायर गर्न अन्तरिम आदेशको माग रिटमा गरिएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article