कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता “नारी”

आमा हुन् जननी जन्म भूमि नारी
धर्तीमा पाइला टेकाउने ती आमा हुन नारी
देवी दुर्गा भगवतीकै रुप हुन् नारी
पुजिन्छन् धर्ती आकाश रहुन्जेल सधैं नारी।

Advertisement

दु:ख हरण गर्ने स्वस्थानी माता पनि हुन् नारी
भृकुटी सीता सती सावित्री पनि हुन् धर्तीकै नारी
मानो रोपेर मुरी फल्ने ती बीज हुन् नारी
त्यसैले धर्तीमा सदा पुजनिय नै रहनेछन् नारी।

Advertisement

जननी जन्म भूमि सृष्टि कर्ता सब हुन् नारी
फूलबारीका मगमग बास्ना दिने फूल हुन् नारी
फूल फुल्न नदिइ कोपिलामै चुडिन्छन् नारी
हिंसा गर्नेले सम्झिनु घरकी छोरी,आमा हुन् नारी।

गर्भमा नै भ्रुन हत्या गरिन्छ भनेर हुन् ती नारी
बोक्सीको आरोपमा मलमुत्र खानुपर्ने भएर नारी
हिंसा हत्या बलात्कार गरिन्छ भनेर अबला नारी
देवी दुर्गा कालीकै अवतारमै जन्मनु पर्छ नारी।

छोएरै रोग पत्ता लगाउने डाक्टर हुन् आमा नारी
असाक्षर भएरै पनि शिक्षा दिने गुरु हुन् नारी
सन्तानलाई खुवाइ आफू भोकै अघाउने हुन् नारी
चोटमा ऐया आमा भन्ने दु:खकी साहारा हुन् नारी।

अन्तमा अन्तरास्ट्रिय नारी दिवसको सबैमा शुभकामना
लैङ्गिक हिंसा हत्या विरुद्ध मिलेर सबैले गरौं सामना
बलात्कार हिंसा हत्या अन्त्यको गरौं कामाना
श्री पशुपति नाथले पुरा गरुन् हाम्रा सबै मनकामना।

राज कुमार कार्की
मे न पा-१५,झापा।

धन्यवाद।
शुभ बिहानी ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article