शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा सरसफाइ कार्यक्रम सम्पन्न

जलथल ,२९ माघ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जलथलमा सयुक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।हल्दिवारी ४ स्थिति बडाबारीमा सरसफाइ कार्यक्रमको वडा अध्यक्ष होम प्रसाद चुडालले शुरूवात गरेका थिए ।

Advertisement

सरसफाइ कार्यक्रममा प्रहरी चौकी ,महेन्द्र मावी र समुदाय प्रहरी साझेदारीको सहभागीता रहेको हल्दिवारी डटकमका सहयोगी अभिषेक खतिवडाले बताएका छ्न ।

Advertisement

वडा अध्यक्ष चुडाल ,प्रहरी चौकी इन्चार्ज भरत कोइराला ,महेन्द्र मावीका प्रअ गङ्गाराम खरेल लगायतको टिमले वडा कार्यलय ,विद्यालय ,प्रहरी चौकी परिसर सरसफाइ गर्नुका साथै होटल पसलमा फ़ोहोर व्यवस्थापन गर्न अनुरोध गरेका थिए ।कार्यक्रममा विद्यार्थीहरुलाई फ़ोहोर व्यवस्थापनमा सचेत रहन जनचेतनामूलक शिक्षा दिइएको थियो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article