हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

छोरीको जन्मदिन र विवाह वर्षगाठमा भट्टराई दम्पत्तिको सहयोग

झापा बिर्तामोड –५ का सुवास भट्टराई र रीमा भट्टराईले आफ्नो विवाह वर्षगाठ र छोरी आरसवी भट्टराईको जन्मदिन फरक तरिकाले मनाएका छन् ।

Advertisement

उनीहरुले झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा सञ्चालन भइरहेको श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुँदै ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेर विवाह वर्षगाठ र छोरीको जन्मदिन मनाएका हुन् ।

Advertisement

सिद्धिविनायक भजन किर्तन मण्डली बिर्तामोड –४ को आयोजनामा दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले मेघाबारी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएकाले उक्त पवित्र उद्धेश्य पूरा गर्न आफूले सहयोग गरेको भट्टराईले बताए ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध उनले जन्मदिन, विवाह वर्षगाठलगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउनु भन्दा त्यहाँ गरिने खर्च सामाजिक कार्यमा लगाउँदा आफूलाई आनन्द आउने बताए ।

कार्यक्रममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकी प्रमुख वाचिका भागवत मञ्जरी राधिका दासीले दोसल्ला र कदर पत्र प्रदान गर्दै भट्टराई दम्पत्तिलाई आशिर्वाद दिएकी थिइन् ।
महायज्ञ आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीलेबहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भइरहेकाले उक्त कार्यमा सहयोग गरी पुण्यको भागी वन्न उनले सवैलाई आग्रह गरिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)