शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीकाे दिपेन्द्र प्राथमिक बिद्यालयमा अन्तर्राष्ट्रिय चासाे

 नेपालमा रहेका ७५३ वटा स्थानीय तह मध्ये, अाफ्नाे छुट्टै पहिचान बनाउन सफल हल्दिवारी गा.पा. मा रहेकाे श्री दिपेन्द्र प्रा. बिद्यालयमा लाेपउन्मुख मेचे भाषा अध्यापन हुँदै अाएकाे छ ।

Advertisement

उक्त भाषालाई संरक्षण गर्न भारतका पुर्व लाेकसभा बिधायक सन्सुमा खुन्गुर बासुमतारी (Sansuma khunggur Bwiswmuthiary) र Mimasaka university, Jhapan का प्राेफेसर एवं Vice president Mr. Kazuyuki Kiryu काे जाेडीले बिद्यालयमा अध्यापन भईरहेकाे मेचे भाषाकाे बारेमा बिबिध जानकारी लिएकाे छ ।

Advertisement

उक्त छलफलमा गा.पा उपाध्यक्ष डम्बर गिरी, बिब्यस अध्यक्ष महेशलाल मेचे, पुर्व गा.बि.स. उपाध्यक्ष सन्तलाल मेचे पुर्व बिब्यस अध्यक्ष सुक्रचन मेचे, मेचे समुदायका अग्रज ब्याक्ती ,प्र.अ, शिक्षक काे उपस्थिति रहेकाे थियाे ।

 छलफलका क्रममा द्वय सन्सुमा र क्रियु काजुयुकी मेचे भाषा संरक्षण र सम्बर्द्धनमा गा पा.ले पुर्याएकाे  सहयाेगकाे खुलेर प्रशंसा गर्नु भएकाे थियाे ।

अाफुहरु पनी स्थानीय सरकारसंग हातेमालाे गर्दै भगिनी सम्बन्ध स्थापना गर्दै दिपेन्द्र प्रा बि काे अावश्यकता पहिचान गरि सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भयाे । यसै क्रममा भारतीय राजदुतावासकाे सहयाेगमा अावास सहितको बिद्यालय भवनकाे पहलकाे पुर्व सन्ध्यामा नेपाल अाएकाे जानकारी गराउनु भएकाे थियाे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article