हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हिन्दुहरुमा धार्मिक जागरुकतमा जोड

बिर्तामाेड, २७ फागुन । झपा जिल्ला स्थित अर्जुनधारा नपा, अन्तर्गत पुष्पलाल चौकमा जन कल्याण प्रतिष्ठान एकल बिध्यालय अभियान नेपाल झापा समितिको आयोजनामा संस्थाको ,२७औ स्थापना दिबस प्रतिष्ठानका अध्यक्ष श्री शंकर भट्टराईको अध्यक्षतामा र प्रमुख अतिथि श्री शंकर सुबेदीको प्रमुख आतिथ्यमा प्रभातफेरी,सांस्कृतिक कार्यक्रम र बिचार गोष्ठी सहित सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा बिश्ब हिन्दु परिषद नेपाल झापा समितिका अध्यक्ष श्री होमनाथ ढुङगेल,प्रतिष्ठानका जिल्ला सचिब श्री देबेन्द्रकिशोर ढुङगाना, श्री हरी ओम सत्संग समितिका श्री सोमनाथ सुबेदी समाजसेबी श्री रञ्जु प्याकुरेल लगायतका बक्ताहरुले हिन्दु धर्म र संस्कृति माथी चारैतिरबाट आक्रमण भैरहेको बर्तमान अबस्थामा अभिभाबकहरुमा धार्मिक जागरुकताको अभाब हुन गएमा हाम्रो परिबार र समाज बिखण्डनको खतरा हुने बताउदै समाजको निर्माणमा संस्कारित परिबारको आबश्यक रहेकोमा जोड दिनु भयो ।

Advertisement

प्रतिष्ठानका जिल्ला प्रमुख श्री खिनामाया फूयल व्दारा संचालित कार्यक्रममा प्रतिष्ठानका सम्भाग प्रमुख श्री योगमाया न्यौपाने र बिश्ब हिन्दू परिषद नेपाल सम्भाग प्रमुख श्री सितादेबी ढुङगेलको समेत उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)