हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवलको मोति मा.वि. मा जोेखिम न्युनिकरण तथा आगलागि नियन्त्रण सम्वन्धि कृतिम घटना अभ्यास

बनियानी । कचनकवल गा.पा. वडा नं. ३, डाँगीबारीमा रहेको मोति मा.वि. मा प्रकोप, विपद, विपद पुर्वको तयारी, प्रतिकार्य, विपद जोखिम न्युनिकरण तथा आगलागि नियन्त्रण सम्वन्धि कृतिम घटना अभ्यास सम्पन्न भएको छ ।

Advertisement

हामी स्वयंसेवी समुह मोति मा.वि. का उपाध्यक्ष गायत्री राजवंशीको अध्यक्षता तथा विद्यालय स्तरिय कार्यन्वयन समितिका संयोजक प्रधान अध्यापक छवीलाल बस्नेतका अतिथित्यमा उक्त कृतिम घटना अभ्यास तालिम सम्पन्न भएको छ ।

Advertisement

उक्त अभ्यास तालिममा सहजकर्ता रेडक्रसकर्मी भक्त वि.क. ले मोति मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई प्रकोप, विपद, विपद पुर्वको तयारी, प्रतिकार्य, विपद जोखिम न्युनिकरण तथा आगलागि नियन्त्रण सम्वन्धमा अभिमुखिकरण गर्नु भएको थियो ।

उक्त अभिमुखिकरण कार्यक्रममा जलथल जंगल मोति मा.वि. क्षेत्रमा रहेकोले बनमा हुन सक्ने आगलागिका बारेमा समेत चर्चा गरिएको विद्यालयका प्र.अ. छविलाल बस्नेतले जानकारी दिनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)